कैलालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

धनगढी | कैलालीमा थप दुईजना कोरोना संक्रमितको ज्यान गएको छ । दोश्रो चरणको कोरोना संक्रमणका कारण जिल्लाको गोदावरी नगरपालिकाका एक र लम्कीचुहा नगरपालिकाका एक गरी दुई पुरुषको ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ४३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा विहान साढे ४ बजे मृत्यु भएको हो ।

त्यस्तै गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा विहान १ बजे मृत्यु भएको हो ।

 

प्रतिक्रया दिनुहोस्