देवरहरुसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

धनुषा । धनुषामा श्रीमतीले योजनावद्ध रुपमा श्रीमानको हत्या गरेकी छिन् ।

हंसपुर नगरपालिका-६ स्थित टिल्हीमा बस्ने २५ वर्षीय युवक शम्भु मण्डललाई घरायसी विवादमा श्रीमतीले आफ्नो दुई जना देवरसँग मिलेर श्रीमनको हत्या गरेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

गएराति भएको विवादमा मण्डलका श्रीमती २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुटपिट गरि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

हत्या गरेर श्रीमती तथा भाईहरु फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको तथा घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको धनुषा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्