कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा प्रत्येक दिन कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । सोमबार दिउसो सम्म ६ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा धनगढी २ का ४३ वर्षीय पुरुष, धनगढी ५ कि ६० बर्षिया महिला, कञ्चनपुर भिमदत्त नगरपालिका ७ का ६३ वर्षीय पुरुष, गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

यसैगरी लम्की चुहा नगरपालिका १० की ३५ बर्षिया महिला, लम्की चुहा नगरपालिका १ का ३८ वर्षीय पुरुषको पनि सङ्क्रमणबाट ज्यान गएको सूचना अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार ४ जना संक्रमितको सेती प्रादेशिक अस्पतालमा र २ जनाको निजी अस्पतालमा मृत्यु भएको हो ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्