कैलालीमा थप चारजना कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । मङ्गलवार बिहानै उपचाररत उनीहरूको धनगढीमा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बर्दिया, कञ्चनपुर, बझाङ र धनगढीका रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार धनगढी ७ कि  ७७ बर्सिया महिला बझाङका २६ वर्षीय पुरुष , कञ्चनपुरका ७१ वर्षीय पुरुष र बर्दियाका ३० वर्षीय पुरुषको  धनगढीमा उपचारको क्रममा  मृत्यु भएको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस्