कोरोना संक्रमित पुर्वराजा रानीको अबस्था सामान्य बन्दै

काठमाडौं ।  कोरोना संक्रमित पूर्वराजा रानीको अबस्थामा क्रमिक सुधार आएको छ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पुर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

 

प्रतिक्रया दिनुहोस्