कोरोना संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु

धनगढी । कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। ४ जनाकै  सेती प्रादेशिक अस्पतालममा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढी उप-महानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

दम सम्बन्धि समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका  ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका १ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।  पुस्टि भएका उनीहरुको बुधबार बिहान ४ः २० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रया दिनुहोस्