एमसीसी नेपालको लागि हानिकारक छ: स्वतन्त्र राष्ट्रिय अभियान, बाँके

कृष्णप्रसाद उपाध्याय, स्वतन्त्र राष्ट्रिय अभियान बाँके जिल्ला संयोजक

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले सशक्त रुपमा एमसीसीको बिरोध सुरुदेखि नै गर्दै आइरहेको छ। 

एमसीसीको बिरोध गरेकै कारण केन्द्रिय संयोजक सहितका १५ साथीहरु ५ दिन सम्म प्रहरी हिरासतमा रहनु भएको थियो। एमसीसी मिलिनिएम च्यालेन्ज कर्पोरेसन र मिलिनिएम च्यालेन्ज कम्प्याक्ट कति घातक छ देशको लागि भन्ने जान्दाजान्दै नेपालका सबै पार्टी र दलहरु एस्को लागि मरिहत्ते गरिरहेका छ्न्। ५५ मिलिएन अमेरिकी डलर अनुदान सहयोगको लागि राष्ट्रिय संविधान कानुन र राष्ट्रियतालाई साट्ने नेता नेतृत्व र नागरिक समाज वा बौद्धिक व्यक्तित्व भनिएकाहरु नेपाली होइनन् तिनिहरु नेपाली अनुहारका (नेपालीको खोल ओडेका) बिदेशी दलाल नै हुन्।

स्वतन्त्र राष्ट्रिय अभियानले एमसीसीको पास गर्न रोक्नुस् भन्दै पार्टिका सांसद देखि राष्ट्रपतिसम्म फोन इमेल गर्न पनि जानकारी दिएको र पास गरेमा गाउँ फर्किदा ख्याल गर्नुस भन्दै बिज्ञप्ति निकालेको थियो।

एमसीसीको बिरोध गर्न प्रबासमा रहेका सम्पुर्ण साथिहरुलाइ पनि स्वतन्त्र राष्ट्रिय अभियान ले आह्वान गरेको छ। बिगत ५ दिनदेखि विभिन्न समयमा एमसीसी बिरोध लाइभ कार्यक्रम स्वतन्त्र राष्ट्रिय अभियानको पेज बाट गरिरहेको हुँदा आफ्नो अनुकुल समय र एमसीसीको बिरोध गर्ने चाहाने नेपाली दाजु भाइ दिदिबहिनी हरुले आफ्नो परिचय खुल्ने गरि समितिले निर्धारण गरेको समयमा लाइभमा प्रत्यक्ष कुराकानी राखिदिनुहुन अनुरोध गर्दछौं।

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके जिल्ला समितिद्वारा जारी ।

प्रतिक्रया दिनुहोस्