धानको बीउ राख्ने बेला कसरी छान्ने स्वस्थ धानको बीउ? जानिराखौं!

धानको बीउ राख्ने बेला कसरी छान्ने स्वस्थ धानको बीउ? जानिराखौं!

– कृषि प्राविधिक कृष्णप्रसाद उपाध्याय

 

१. बीउ छान्ने तरिका :
उम्रने बीउ मात्र छान्नका लागि बाल्टी वा भाँडोमा पानी भरेर त्यसको पिँधमा कुखुराको नबिग्रेको अण्डा राख्ने। त्यो पानीमा खाने नुन थप्दै जाने। अण्डा पानीमा उत्रेपछि नुन थप्न बन्द गर्ने। बीउलाई पानी भरिएको भाँडोमा राखेर हातले राम्ररी चलाएर २ देखि ५ मिनेट जति त्यतिकै छाडीदिने। उत्रेको सबै बीउ हटाउने र पिँधमा थिग्रिएको बीउलाई तुरुन्तै सफा पानीमा २ देखि ३ पटक राम्ररी सफा गर्ने।

२. बीउको उपचार :
बीउलाई उपचार गर्न प्रति किलो बीउमा २ ग्राम बेभिष्टिन नामक बिषादि राम्ररी चलाएर सबैतिर मिलाउनु पर्छ। यसरी उपचार गरिएको बीउलाई १२ घन्टा राखेर भिजाउनुपर्छ। २४ देखि ४८ घण्टासम्म ढड्याउँदा बीउमा अङ्कुरण भइसकेपछि मात्र ब्याड (नर्सरी) मा छर्नुपर्छ।

३. छानेको बीउमा भिन्नताः
थिग्रिएको बीउको तौल तैरिएको भन्दा १५ देखि २५ प्रतिशतले बढी हुन्छ। थिग्रिएका बीउ पोटिला, दाग कम भएका र चहकिला हुन्छन्। फलस्वरुप धानको उत्पादन र गुणस्तर बढ्छ। ठाउँ र अवस्था हेरी साधारणतया १० देखि १५ प्रतिशतसम्म उत्पादन बढेको पाइन्छ l

प्रतिक्रया दिनुहोस्