समाजसेवामा विगत १८ वर्षदेखि भक्तपुरका दिपेश श्रेष्ठ

काठमाडौं। वि सं २०४५ साल मंसिर २१ गतेका दिन भक्तपुरको बाल्कोटमा जन्मिएका दिपेश श्रेष्ठ २०६० साल देखि विभिन्न सामाजिक कार्यमा दिनरात खटिईरहेका छन्।

वाल्यकालमा आमाबुबाले बिद्यालय पठाउँदा बिद्यालय जान नमान्ने र गएता पनि पढाइ तिर ध्यान नदिँदा उनका शिक्षकहरु दिपेशको धेरै चिन्ता लिने गर्थे। गरिब परिवारमा जन्मिएका दिपेशको प्रगति, सामाजिक काम देखेर आजभोलि शिक्षक, साथीहरू चकित छन्।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बाल्कोटबाट सदस्य लिएर ६०-७० वटा सीपमुलक, जनचेतनामुलक तालिम लिएका दिपेश अहिले लिएको तालिम भन्दा थप चेतना मुलक तालिम प्रशिक्षण गर्दै आएका छन्।

पछिलो समयमा दिपेशले सडकमा रहेका वेबारिसे, बेसहारा, अशक्त मानिसहरुको उचित पालनपोषण सहित सभ्यताको घरमा राखेका छन् र वेबारिसे शव व्यवस्थापन गर्ने पनि गरेका छन्।

सामाजिक कार्यमा मात्र नभइ खेल क्षेत्रमा पनि उनको उतिकै भुमिका रहेको छ। रेडक्रसमा सदस्य भैसकेपछि दिपेशले भुकम्प पिडित , आगलागी पिडित , अशक्त लगाएत थुप्रै पिडित हरुलाई सहयो गरेर हिड्ने गरेका छन्।

उनको अर्को एक स्मरणीय कार्य प्रधानमन्त्री निवास नजिकै बाटो नदिएर २ परिवार शोषणमा परेका थिए त्यसैको विरुद्ध बाटो दिलाएर उद्दार गरेका थिए। उनको यो कार्यलाई न्यूज २४ लगायत विभिन्न पत्रपत्रिका, रेडियो टटेलिभिजमा पनि प्रशारण भएको थियो।

वि सं २०७२ सालमा उत्कृष्ट रक्तदाता बनेका दिपेश नेपाली काङ्ग्रेस युवा नेता गगन थापाबाट सम्मानित समेत भएका थिए।

अस्पतालको बेडमा रगत नपाएर तड्पिरहेका बिरामीलाई रगत उपलब्ध गराउँदै “न्याय नपाए गोरखा जानु, रगत नपाए भक्तपुर जानु, त्यहाँ नपाए दिपेश लाई सम्झीनु” भन्ने नाराका साथ आफ्नो मोबाइल नम्बर ‘९८५१०३५४५८’ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

आउने दिनहरुमा गरिब, दिनदुखीलाई दुख पर्दा आवश्यकता अनुसार सहयोग गर्ने बाचा दिपेश श्रेष्ठले गरेका छन्।

प्रतिक्रया दिनुहोस्