कांग्रेस उपसभापति गच्छदारकी श्रीमतीको निधन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमतीको निधन भएको छ ।

नेता गच्छदारकी श्रीमतीको आज निधन भएपछि उनलाई पत्नीशोक परेको छ ।  उनकी श्रीमती निर्मला गच्छदारको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणपछि ​निर्मलालाई २ साताअघि अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, अर्का कांग्रेस केन्द्रिय सदस्य मीन विश्वकर्माका अनुसार मृगौला र कलेजोको समस्यापछि उनलाई ६ महिनाअघि भारतमा उपचार गरि ल्याइएको थियो ।

प्रतिक्रया दिनुहोस्