कांग्रेस नेता शाहद्धारा अक्सिजनको लागि एक लाख रुपैयाँ र विरामी बोक्न ५ वटा अटो एम्बुलेन्स सहयोग

लम्की कैलाली । नेपाली कांग्रेसका युवा नेता, महासमिति सदस्य कमल बहादुर शाहले अक्सिजनका लागि लम्कीचुहा अस्पताललाई १ लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।

कोरोना संक्रमितहरुका लागि सहयोगिहातहरु लम्की अभियान मार्फत नेता शाहले करीब ८० ओटा अक्सिजन सिलिण्डर भर्नका लागि लम्कीचुहा अस्पताललाई १ लाख रुपैयाँ, बर्दगोरीया गाउँपालिका स्वास्थ्य शाखालाई ३५ हजार रुपैयाँ र यस क्षेत्रका कोरोना संक्रमित तथा विरामीहरुका लागि ५ वटा निःशुल्क अटोरिक्सा एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग गर्नु भएको हो ।

कांग्रेस नेता शाहले गर्नु भएको सहयोग रकम कोरोना संक्रमितहरुका लागि सहयोगिहातहरु अभियानका संयोजक खडानन्द सापकोटाले लम्कीचुहा अस्पतालका ब्यवस्थापक प्रमुख जयन्द्र जैशीलाई चेक मार्फत हस्तान्तरण गर्नु भएको थियो । आज देखिनै लम्कीचुहा क्षेत्रका विरामी तथा कोरोना संक्रमितहरुको उपचारको लागि नेता शाहको सहयोगमा सहयोगिहातहरु अभियानले सञ्चालन गरेका एम्बुलेन्स अटोरिक्साहरुले सेवा समेत शुरु गरेका छन । एम्बुलेन्स अटोरिक्साहरुले विरामीलाई घरदेखि लम्कीचुहा अस्पताल सम्म पुर्याउने र अस्पतालदेखि घर सम्म निःशुल्क रुपमा पुर्याउने छन ।

एम्बुलेन्स अटोरिक्सा चालकहरुको स्वास्थ्य सुरक्षको लागि चालकलाई पिपिई सेट समेत उपलब्ध गराइएको छ । एम्बुलेन्स अटोरिक्सा सेवा लिनको लागि स्थानियलाई ९८५११५०४४,९८६२४८२८९८,९८५८४२१८५६,९८६०४३४२३५,९८६००३०१७५ र ९८४०७२८१३० मा सम्पर्क गर्न अभियानका संयोजक खडानन्द सापकोटाले सबैमा अपिल समेत गर्नु भएको छ । शाहले यस अघि अस्थाई कोभिड अस्पताल ( आइसोलेशन ) सञ्चालनका लागि लम्की स्थीत टीकापुर रोडमा रहेको आफ्नो निवास रामारोशन खाध्य भवनलाई दिने घोषणा गरी सक्नु भएको छ ।

नेता शाहले गत बर्षको बर्षातको समयमा बाढी तथा डुवानका कारण प्रभावित भएका यस क्षेत्रका नागरीकलाई खाध्यान्न सहयोग, कोरोनाको पहिलो लहरको क्रममा गत बर्ष कैलाली क्षेत्र नम्बर २ अन्र्तगतका लम्कीचुहा, बर्दगोरीया, जानकी, महोन्याल पालिकाका सबै स्वास्थय शाखा, अस्पताल, स्वास्थ्य संस्थाहरुमा सुरक्षा तथा स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयम सेविका तथा एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामग्री, पिपिईसेट, मास्क, सेनीटाईजर सहयोग पर्दान गर्नु भएको थियो भने, क्षेत्र नम्बर २ अन्र्तगतका महिलास्वास्थ स्वयम सेविका र एम्बुलेन्स चालकहरुको कोरोना विमा पनी गरी दिनुभएको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्