अस्ट्रेलियामा रहेका क्षेत्रीको सहयोगमा कोहलपुर ग्यालरीले सुरु गर्यो अक्सिमिटर बैंक

कोहलपुर। हाल अस्ट्रेलियामा रहेका कोहलपुरका युवा सन्दिप राना क्षेत्रीको सहयोगमा कोहलपुर ग्यालरी फेसबुक ग्रुपले Oxybank (अक्सिमिटर बैंक) सेवा सुरु गरेको छ।

कोभिड-१९ संक्रमण भई होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई अक्सिमिटर आवश्यक परेमा कोहलपुर ग्यालरीलाई सम्पर्क गरी पछि फिर्ता गर्ने शर्तमा लिन सकिने ग्यालरीका एडमिन सरोजराज शाहीले जानकारी दिए।

यो अक्सिमिटर कोभिड-१९ का बिरामीहरूले मात्रै लिन सकिने जनाईएको छ। अक्सिमिटर लिंदा पिसिआर पोजेटिभ भएको एकहप्ता भित्रको रिपोर्टको फोटोकपी अनिवार्य हुनुपर्ने नियम बनाइएको छ।

विभिन्न समाजिक सञ्जालहरूमा कोहलपुरमा अक्सिमिटरको अभाव रहेको र चर्को मूल्य तिर्न बाध्य भएको गुनासो आइरहेका कारण सहजीकरण गर्न मात्र खोजेको र धेरै स्टक नभएका कारण थप सहयोग गर्न चाहने महानुभावहरुले सहयोगका लागि ९८१४५८२५०० वा ९८६९९५२३९६ मा सम्पर्क गर्न शाहीले अनुरोध गरेका छन्।

प्रतिक्रया दिनुहोस्