एकैदिन ७ हजार ८ सयले जिते कोरोना, नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २२ हजार तीन सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय सात जना र आठ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय गरी आठ हजार ६ सय सात जनामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा सात हजार आठ सय ९० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ३६ पुगेको छ।

अहिले नेपालमा एक लाख १६ हजार एक सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन्।पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको संक्रमणबाट मृत्यु भएको छ। कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको छ ।

प्रतिक्रया दिनुहोस्