हिमानी कोष बाँके शाखाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

कोहलपुर। कोहलपुरमा रहेको हिमानी कोष बाँके शाखाले कोहलपुर र बैजनाथका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

हिमानी कोष बाँके शाखाले कोरोना भाईरसका कारण जारी निषेधाज्ञाबाट प्रभावित भएका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको जिल्ला संयोजक सरोजराज शाहीले बताए। संयोजक शाहीका अनुसार कोहलपुर नगरपालिका वडा नं. २, ४, ५, ११ र १२ का ३६ घर परिवार र बैजनाथका ४ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ।

निषेधाज्ञाका कारण दैनिक कामकाज गर्न नपाएर खाद्यान्न समस्या भएका ४० परिवारलाई प्रति परिवार १५ किलो चामल, ३ किलो आलु, २ किलो दाल, २ किलो चना, १ किलो नुन, १ लिटर तेल र १५ वटा अण्डा वितरण गरिएको हो।

हिमानी कोष बाँके शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो खाद्यान्न सहयोग गरेको र आगामी दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने संयोजक शाहीले बताए।

प्रतिक्रया दिनुहोस्