बर्दगोरियामा हेल्प डेस्कमा काम गर्नेको अभाव ,काङ्ग्रेसका क्रियाशील र कम्युनिस्टका भातृ संगठन फेसबुकमा कुर्लदै

बौनिया, कैलाली । कोरोना भाइरस संक्रमणले यतिबेला विश्व समुदाय आक्रान्त बनेको छ । कोरोना नियन्त्रणमा विश्वका हरेक देश र सरकार अहोरात्र खटिएका छ्न । करिब एकवर्ष देखिको कोरोना कहरले मानव समुदाय तथा विश्व अर्थतन्त्रमा नराम्रो प्रभाव पारिरहेको छ ।

कोरोना महामारीले निम्त्याएको यो सकसले विश्वमा दैनिक सवा तिनलाख मानिसको ज्यान गैरहेको समाचार आइरहेका छ्न भने लाखौ संक्रमणको सिकार बनिरहेका छ्न ,जसमा नेपाल पनि अछुतो छैन । केही महिना अघि क्रमिक रूपमा कमहुँदै आएको कोरोना संक्रमण अहिले फेरि डरलाग्दो रुप लिएको छ । कोरोनाबाटै दैनिक नेपालमा औसतमा दुईसय जनाले ज्यान गुमाउदै आएको सरकारी तथ्यांक देखाउछ । कोरोना कहरकै कारण देश यतिबेला पुर्णतः लकडाउनमा छ ,नागरिक झन्डै महिनादेखि घरभित्र थुनिएका छ्न ।

कोरोनाले निम्त्याएको को कहरमा स्थानीय सरकारदेखि केन्द्र सरकार जनताको स्वास्थ्य सेवाका निम्ति आवश्यक काम गर्न नसकेको भन्दै आलोचनाको सिकार बनेको छ । कोरोना जोखिम बढदै जादा सरकारले आवश्यकता अनुसार औषधि ,भ्याक्सिन ,अक्सिजन तथा विरामिको लागि बेडको समेत व्यवस्थापन गर्न नसकेको गुनासो पनि उत्तिकै छ । हास्यास्पद कुरा त केछ भने विश्वका हरेक देश आफ्ना नागरिक बचाउन अहोरात्र खटिदा नेपालका नेताहरु भने कुर्सीको लडाइमा तल्लीन देखिन्छ्न । जग हसाउने सत्ता लुछाचुडीको यो रमिताले नागरिक भने कोरोना कहरले घरदेखि अस्पतालसम्म छटपटी रहेका छ्न ।

कोरोना महामारीको यो विषम परिस्थितिमा स्थानीय ,प्रदेश तथा केन्द्र सरकारले जतिसुकै काम गरेको स्वाङ पारेपनी त्यो प्रभावकारी नभएको आम नागरिक गुनासो छ । प्रदेश र केही स्थानीय तहको मौनता र लापरबाहीले मानव स्वास्थ्य सेवा संकटमा परेको होकि भन्ने प्रश्न उब्जिएका छ्न । केही स्थानीय तहमा रहेका जनप्रतिनिधि र नेताहरुले अब्बल काम गरेर कोरोना नियन्त्रणमा जुटेको देखिन्छन् । नागरिकको स्वास्थ्यका लागि घरमै सेवा दिनसम्म उनीहरू लागि परेका समाचार सामाजिक संजालमा बाक्लै देख्न सकिन्छ ।

कोरोना महामारीको अबस्थालाई बुझी सरकारले आवस्यक काम गर्न प्रदेश र स्थानीय सरकारलाई दिएपनि त्यसअनुसारको काम नभएको गुनासो पनि उत्तिकै छ । जसको उदाहरण कैलालीको बर्दगोरिया गाउँपालिका पनि एक हो । कोरोना महामारीमा जनताको सेवामा खटिनु त परै जाओस आवश्यक पुर्व तयारी नहुदा यहाँ समस्या सृजना भएको छ ।

कोरोना महामारीले देश आक्रान्त बन्दा सत्ताको लुछाचुडी र फोहोरी राजनीतिको खेलमा लागेकाहरु महामारीमा जनता बचाउनु भन्दा आफू बच्न र आफ्नो सत्ता वचाउन फेरि चुनावको तयारीमा जुटेका छन । जग हसाउने यहि प्रवृत्तिको अहिले सामाजिक संजालदेखि मिडियामा चर्को बहस चलेको देखिन्छ । जनताको जिउको रक्षागर्न केही मनकारी जुटेपनी उनीहरूले अपेक्षित सहयोग नपाएको उदाहरण पनि भकाभक आउन थालेका छ्न । पक्ष र विपक्षमा चर्को बहस र आलोचनाहरु डाम्न माहिर विद्यार्थी संगठन, युवा संगठन सबैको असली रुप केहो ? भन्नेकुरा पनि कोरोना महामारीले सिकाइदियो ।

केही दिन अघि हिमाली टाइम्सले कैलालीको बर्दगोरिया गाउँपालिकामा कोरोना महामारीमा युवा जुटे,नेता र जनप्रतिनिधि कहा लुके भन्ने विषयमा टिप्पणीसहितको समाचार प्रकाशित भयो । जसमा धेरैले नेता र जनप्रतिनिधि कै मात्रै विरोध र आलोचना गरे । मनकारी मन र केही युवाको अगुवाइमा भएको हेल्प डेस्क संचालन र त्यसबाट नागरिक स्वास्थ्य सामाग्री वितरणमा युवा खटिदा त्यसप्रति युवाको भुमिका र सहयोग समर्थन जुटाउन र महामारीमा स्थानीय सरकारले चाल्नुपर्ने कदम प्रभावकारी बनाउन जनआवाज उठाइएको थियो ।

तर स्थानीय स्तरमा देखिएको समस्या र समाधानतर्फ उन्मुख हुनुको साटो केन्द्रीय राजनीतिक बहसमै टासिने प्रवृत्तिले ती सबैको असली रुप प्रस्टाइदिएको छ । कोरोमा महामारीमा बर्दगोरियाको बौनिया र मुडामा गरि दुईवटा हेल्प डेस्क राखिएका छ्न । मुख्यगरी काङ्ग्रेसको नेतृत्वमा बौनिया र स्वतन्त्र युवाहरुको पहलमा मुडा बजारमा डेक्स राखिएको हो । मुडामा राखिएको हेल्प डेस्कमा स्वास्थ्यकर्मी सहित सेवा प्रवाह भैरहेको देखिँदा बौनियामा भने माक्स सेनिटाइजर वितरणका लागि खटिने स्वयंसेवक नै खोज्नुपर्ने देखिन थालेको गुनासो आएको छ ।

कोरोना महामारीमा जनताको सेवामा खटिनुभन्दा काङ्ग्रेसका क्रियाशिल सदस्य ,तरुण र विद्यार्थी संगठनका सदस्यहरु यतिबेला घरबाट सामाजिक संजालमा केन्द्रीय राजनीतिक घटनाको बिषयमा बहस र टिका टिप्पणी गर्दैछ्न । तर हेल्प डेस्कमा सहयोग गर्नेहरु भने हरेक दिन खोज्नुपर्ने स्थिति आएको छ । मानव संकटमा काम नलाग्ने काङ्ग्रेस ,कम्युनिस्ट र अन्य सबैदलका नेता कार्यकर्ता तथा विभिन्न संगठन ओगटेर बसेका यिनै अनुहारहरु ,हुन जुन क्रियाशिल सदस्यताको लागि भने पाखुरा खस्थे ।

 

 

प्रतिक्रया दिनुहोस्