थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि,१२९ जनाको मृत्युु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ९८ जना र ९ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रया दिनुहोस्