कोहलपुरमा बाबुले गरे छोराको हत्या

कोहलपुर । बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छ्न्। कोहलपुर-१२ निवासी ५० वर्षीय ठाकुर प्रसाद ओलीले २० वर्षीय छोरा पोषण ओलीको खुर्पा प्रहार गरि हत्या गरेका हुन्।

बुधबार राती करिब ९ बजे उनले छोरा माथि आक्रमण गरेको प्रहरीले जनाएको छ। खुर्पा प्रहारबाट गम्भीर घाइते पाेषणकाे उपचारकाे लागि भेरि अस्पताल नेपालगन्ज पुर्याइए पनि चिकित्सकले मृत घाेषणा गरेका थिए। छोरा पोषण नुहाईरहेको बेला पछाडि बाट उनले खुर्पाले हानेको बताइएको छ।

पारिवारिक विवादका कारण घटना भएको बताउँदै प्रहरीले घटनामा संलग्न ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको छ। ओलीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ भने आक्रमण गर्ने बुबा प्रहरी नियन्त्रणमा छ्न्। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ।

प्रतिक्रया दिनुहोस्