यस्तो रहनेछ आगामी तीन दिनको मौसम (रिपोर्टसहित)

काठमाडौ । जल तथा मौसम बिज्ञान महाशाखाका अनुसार हाल देशमा बंगालको खाडीमा रहेको यास (YAAS) नामगरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ। जसका कारण प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ १३ गते  (विहीबार)
दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश  स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती,  तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

जेठ १४ गते  (शुक्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

जेठ १५ गते  (शनिबार)
दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भेगका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

प्रतिक्रया दिनुहोस्