रेलमार्गका लागि १० अर्ब, काठमाडौंमा मेट्रोरेलको सम्भाब्यता अध्ययन हुने

काठमाडौं । सरकारले रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ-पोखरा रेलमार्गका लागि सम्भाव्यता अध्ययन र जोगबनी-विराटनगरमा रेल चलाउने, जनकपुर जयनगरमा रेल चलाउने लगायतका योजना बनाएको छ।

काठमाडौमा मेट्रोरेलको सम्भाब्यता अध्ययन हुने मन्त्री पौडेलले जानकारी दिएका हुन।

प्रतिक्रया दिनुहोस्