नेपाल र इराकबिचको मैत्रीपूर्ण फुटबल खेल सुरु (लाइभ हेर्नुहोस)

काठमाडौ । नेपाल र इराकबिचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । खेल इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समयअनुसार राति सवा १० बजेदेखि सुरु भएको हो । मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत बुधबार बसरा पुगेको थियो ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीका लागि यो खेल नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा पहिलो खेल हो । फिफाले हालै सार्वजनिक गरेको नयाँ वरियातामा इराक ६८ औं र नेपाल १ सय ७१ औं स्थानमा छ ।

यसअघिका तीनै भेटमा इराकले बाजी मारेको थियो । नेपाल र इराकबीच पछिल्लो समय सन् २००१ मा भेट भएको थियो । २ दशकपछि हुन लागेको भेटमा प्रशिक्षक अलमुताईरीले आज युवा र अनुभवी खेलाडीलाई मैदाज उतार्ने योजना बनाएका छन् ।

आजको खेललाई नेपालले फिफा विश्वकप तथा एसियन कप छनोटको तयारीको रुपमा लिएको छ । इराकले पनि फिफा विश्वकप र एसिया कप छनोट खेल्न बाँकी छ । समूह ’सी’ मा रहेको इराकको ५ खेलबाट ११ अंक छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको इराक विश्वकप छनोट नजिक छ । समूह बी मा रहेको नेपाल चौंथो स्थानमा छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट विश्वकप छनोट खेल्न कुवेत उड्नेछ ।

लाइभ खेल हुर्नुहोस ।

 

 

 

प्रतिक्रया दिनुहोस्