राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार पाण्डे विजयी,एमालेका खड्का पराजित

बुटवल । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेससहिको विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।

प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।  बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।

 

प्रतिक्रया दिनुहोस्