कैलालीमा जेठ २१ गतेदेखि निषेधाज्ञा केही खुकुलो हुने, बजार व्यवशाय तत्काल नखुल्ने

कैलाली । कोरोना संक्रमण दर क्रमिक कम हुँदै गएपछि जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने प्रशासनले तयारी गरेको छ ।

जिल्लामा यही जेठ २१ गतेदेखि निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको स्रोतले जनाएको छ । २० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले २१ गतेदेखि केही खुकुलो बनाउने तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले निषेधाज्ञाको प्रारुप परिवर्तन गर्ने तयारी भइरहेको बताउँदै भने, ‘अहिले नै मोडालिटी तयार भएको छैन् ।’ उनका अनुसार प्रशासनले निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ घण्टा नै चलाउने अनुमती दिइसकेको छ ।

जेठ १२ गतेको निर्णय संशोधन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै निर्माण सामाग्री ढुवानीका सवारी २४ घण्टा नै सञ्चालन गर्न पाउने भनेको हो । २१ गतेदेखि बैंक तथा वित्तिय संस्था पनि केही घण्टा सञ्चालन हुने गरी निषेधाज्ञा जारी हुने सम्भावना बढि छ ।

यद्यपि अहिले नै बजार व्यवसाय र सार्वजनिक सवारी साधन सञ्चालनका लागि भने अनुमती नपाइने प्रशासनले जनाएको छ । कैलालीमा १६ बैशाखदेखिज निषेधाज्ञा जारी भएको थियो ।

 

प्रतिक्रया दिनुहोस्