अमेरिकामा भेटियो अनौठो गँगटो, आधा पोथी आधा भाले

काठमाडौ । संसारलाई अचम्मित पार्ने एउटा जीवको चर्चा निकै रोचक बनेको छ । अमेरिकामा भेटिएको उक्त जीव रिसर्चको लागि कौतूहलको विषय बन्न पुगेको हो । बाल्टिमोर स्थित मेरिल्यान्ड साइन्स म्युजियममा निलो रङको गँगटो अहिले चर्चामा छ ।

निलो र रातो रङ्गको पन्जा भएको यो गँगटो आधा पोथी र आधा भाले हो । यसको विचित्रको अवस्थालाई गाइनोडोमार्फी भनिन्छ जसमा कुनै पनि जीवको आधा अवस्था भाले र आधा पोथी हुन्छ । चार इन्चको यो जीवलाई मेरिल्यान्डको एक जना पौडीबाजले भेटाएका थिए ।

चेस पिक वे म्यागेजिनका अनुसार जेरी स्मितले यसलाई समातेका थिए । यो भन्दा अगाडी १९७९ मा पनि यस्तै अवस्थाको जीव भेटिएको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्