राउटे समुदाय असुरक्षित बन्दै

सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर यौन दुर्व्यवहार गरेको भिडियो शनिबार बाहिरियो । गुर्भाकोट नगरपालिकाका स्थानीय दुई तीन युवाले उनीहरुलाई होटलमा लिएर मदिरा खुवाई यौन दुर्व्यवहार गरेको भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भयो ।

भिडियो सामाजिक संजालमा बाहिरिएको केही समयपछि प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा उनीहरु छिटै पक्राउ परे ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन छन् । उनीहरु माथि जबरजस्ती करणीमा जाहेरी दर्ता भएको छ ।

यसरी राउटे समुदायलाई आर्थिक प्रलोभन तथा मदिरा सेवन गर्न लगाएर उनीहरु माथि यौनदुर्व्यवहार भएको हो । उक्त भिडियो हे¥यो भने युवाले उनीहरुलाई दुर्व्यवहार गरेको प्रस्ट देख्न सकिन्छ । यो एउटा उदाहरण मात्रै हो । पछिल्लो समय राउटे बस्तीमा अरु समुदायका मानिसको घुलमिल हुन थालेपछि बस्ती नै असुरक्षित छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रया दिनुहोस्