बर्दगोरिया स्वास्थ्य शाखालाई काङ्ग्रेस नेता रावलले गरे स्वास्थ्य सामाग्री सहयोग

बौनिया, कैलाली । नेपाली काङ्ग्रेसका युवा नेता हिम बहादुर रावलले कैलालीको बर्दगोरिया गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छ्न । नेता रावलले कोरोना महामारीले निम्त्याएको मानव संकटलाई मध्यनजर गर्दै अत्यावश्यक मानिने स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

काङ्ग्रेस कैलाली क्षेत्र नम्बर २ प्रदेश (ख) क्षेत्रीय कार्य समितिको समन्वयमा क्षेत्र नम्बर २ का नेता तथा पुर्व महासमिति सदस्यसमेत रहेका रावलले बुधबार सडकपुर बौनियामा एक कार्यक्रमका बीच पालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

कोरोना महामारी नियन्त्रणमा अत्यावश्यक मानिने सेनिटाइजर, सर्जिकल माक्स, के ९५ माक्स, ग्लोब,पीपीई गरि करिब ५० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्