फाइजरले १२ वर्षमुनिका बालबालिकामा खोप परिक्षण गर्ने

काठमाडौ । कोरोना संक्रमणविरुद्धको अमेरिकी खोप विकास कम्पनी फाइजरले १२ वर्ष मुनिका बालबालिकामा परीक्षण सुरु गर्ने भएको छ ।

अमेरिका, फिनल्याण्ड, पोल्याण्ड, तथा स्पेनका करिव ४ हजार ५ सय बालबालिकामा खोप परीक्षण गरिने फाइजरले जनाएको हो । यस अघि फाइजर तथा जर्मनी कम्पनी बायोएनटेकले अमेरिका, क्यानडा तथा युरोपियन युनियनका १२ वर्ष माथिका बालबालिकालाई खोपको आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेको छ ।

बालबालिकालाई वयस्क जस्तै ३० माइक्रोग्राम खोप दिइनेछ । १२ वर्षमुनिका बालबालिकाको हकमा ५ देखि ११ वर्षसम्मकालाई १० माइक्रोग्राम तथा ६ महिना देखि ५ वर्षसम्मकालाई ३ माइक्रोग्राम खोप दिइने जनाइएको छ । ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई यही साता देखि खोप दिइने छ ।

उनीहरूमा गरिएको परीक्षणको नतिजा आगामी सेप्टेम्बरमा आउने र सो पश्चात अक्टोबरमा आकस्मिक प्रयोगका लागि अनुमति मागिने फाइजरका प्रवक्ताले जनाएका छन् ।

 

प्रतिक्रया दिनुहोस्