कोहलपुर ग्यालरीद्वारा बैजनाथका विपन्न परिवारलाई राहत वितरण

कोहलपुर। बाँकेको कोहलपुरबाट सञ्चालित कोहलपुर ग्यालरी फेसबुक ग्रुपले बैजनाथका विपन्न परिवारलाई राहत वितरण गरेको छ।

 

दिनदुखी, विपन्न एवं असहायहरुको सहयोगार्थ आज बैजनाथका ११ विपन्न परिवारलाई राहत वितरण गरेको ग्यालरीका सञ्चालक सरोज राज शाहीले जानकारी दिए। पवित्रा फाउन्डेसनको सहयोगमा बैजनाथ-१ का वडाअध्यक्ष रुप बहादुर मल्लमार्फत सो राहत वितरण गरिएको हो।

विगतदेखि नै विभिन्न समाजसेवा गर्दै आएको फेसबुक ग्रुप कोहलपुर ग्यालरीले केही दिन अघि कोहलपुर चौराहमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई पानी र खाजा समेत वितरण गरेको थियो।

प्रतिक्रया दिनुहोस्