आज राष्ट्रिय कृषक दिवस, कृषि प्राविधिक उपाध्यायले शुभकामना

कोहलपुर। आज जेठ २७ गते अर्थात राष्ट्रिय कृषक दिवस नेपालभर मनाइँदैछ। हरेक वर्ष जेठ २७ गतेलाई राष्ट्रिय कृषक दिवसको रुपमा मनाउने गरिएको छ। यस पटकको कृषक दिवस नवौं राष्ट्रिय कृषक दिवस हो।

‘विश्व महामारीसँग जुधिरहेको बेला कृषक समुदायले गरेको उत्पादनमुलक कामको सम्मान गर्दै, कृषक समुदायको विकासमार्फत देश समृद्ध बन्ने अहिले आवश्यकता’, यस पटकको कृषक दिवसको नारा रहेको छ।

कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरहकै सम्मान दिनुपर्छ भन्ने आशयका साथ राष्ट्रिय कृषक दिवस मनाइने गरेको ‘अबको आवश्यकता कृषिमा क्रान्ती ( CCM )’ का कृषि विभाग प्रमुख तथा कृषि प्राविधिक कृष्ण उपाध्यायले जानकारी दिए।

२०७० सालमा पहिलो पटक राष्ट्रिय कृषि दिवसको रुपमा मनाइएको यस दिवसलाई त्यस पछिका पछिल्ला वर्षमा भने राष्ट्रिय कृषक दिवसको रुपममा मनाउन थालिएको थियो।

विगतका वर्षहरूमा उक्त दिवसका दिन मञ्चियँ कार्यक्रमका साथ उत्कृष्ट किसानहरूलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम हुने गरेको थियो। यद्यपि, वर्तमान परिस्थितिमा कोरोनाको कहरका कारण उक्त कार्यक्रम कतै केही कृषि सम्बन्धि कार्यक्रम गर्ने नपाएको उपाध्यायले बताए।

राष्ट्रिय कृषक दिवसको शुभकामना दिँदै उनले कृषि क्षेत्रमा कर्म गरिरहेका कर्मठ कृषकलाई आ-आफ्नो र आफुले गरेको कार्म प्रती सन्तोषजनक रहि महामारी पछि प्राविधिक सहितको टोलि प्रत्येक जिल्ला जाने बताए।

प्रतिक्रया दिनुहोस्