बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना

काठमाडौ । बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ ।

हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण देखिन थालेको छ ।सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड – १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्  ।

बृटिश प्रजातिका नयाँ संक्रक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् ।   बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना संक्रमित भेटिएका छन् ।  बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै देखिए तापनि बेलायतकै दरमा भारतमा यसैगरी सङ्क्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ ।

यसैगरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा, अष्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रुपमा कोरोना संक्रमण देखिनु हो । करिब करिब कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस संक्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना संक्रमण संख्या ७ लाख ८७ हजार १४५ जना हुने देखाउँछ ।

प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन् । ‘सुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ’, उनले भनेका छन् । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड – १९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्