नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा)को माग सम्बोधन गर्नको लागि अध्यादेश मार्फत सो विधेयक ल्याएको थियो। बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल उक्त अध्यादेश कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

प्रतिक्रया दिनुहोस्