धान उत्पादन वृद्धि गर्न SRI प्रविधि प्रयोगमा ल्याउनु पर्छ: कृषि प्राविधिक उपाध्याय 

कोहलपुर। CCM का कृषि विभाग प्रमुख तथा कृषि प्राविधिक कृष्ण प्रसाद उपाध्यायका अनुसार SRI (system of rice intensification) जसलाई नेपालीमा सघन धान खेती प्रविधि भनिन्छ।

यस प्रविधिको थालनी सन् १९८० को दशकमा Madagascar मा भएको हो र यसलाई नेपालमा भने सन् १९९९ मा भित्र्याईएको हो तरपनि यसलाई व्यापक प्रयोगमा भने आज सम्म ल्याउन सकिएको छैन। धानको उत्पादनमा उल्लेख्य वृद्धी ल्याउन सक्ने यो प्रविधि केही संस्थाहरूको अनुसन्धानमा मात्र सीमित रहेको पाईएको छ।

SRI बिधिबाट धान खेती गर्नूका फाईदाहरू

* उत्पादनमा २०-५०% सम्म बृद्धि

* ९०% सम्म बीउको बचत

* ३२-५०% सम्म पनीको बचत

SRI बिधिबाट धान खेती गर्ने ६ सिद्धान्तहरू

१. कलीलो बीउ (younger seedlings)

यस बिधिमा कलिलो २ पाते बिरुवा (८-१२ दिने) लाई रोपिन्छ।

२. कम बिरुवा (less plant density)

एक ठाउमा एक बिरुवा मात्र रोप्ने गरिन्छ तर परम्परागत खेतीमा भने ३-५ बिरुवा रोप्ने चलन रहँदै आएको छ ।

३. फराकीलो रोपाई (wider spacing)

रोपाईलाई फराकीलो बनाउनुपर्ने हुन्छ। बिरुवा रोप्दा बर्गाकार तरीकाले २२.५ सी.मी वा २५ सी.मी वा ३० सी.मी. को फरकमा रोपीन्छ।

४. कम सिंचाई (Alternate wetting and drying)

यस विधीमा बिरुवाको बनस्पतिक अवस्थासम्म खेतमा केही दिन पानी जमाईन्छ र त्यस लगत्तै सुकाउँदै लगेर केही दिन सूक्खा राखिन्छ र धान पसाउन लागेपछि ३-५ सी.मी. पानी दिने गरीन्छ र धान काट्नु भन्दा दुई हप्ता अघि फेरी पानी सुकाईन्छ। यसलाई Alternate wetting and drying भन्ने चलन छ।

५. गोडाई (Weeding)

यस बिधिमा झार नै मुख्य समस्या हो त्यसैले रोपडको १० दिनमा पहिलो गोडाई र त्यसपछी प्रत्येक १० दिनको अन्तरालमा जम्मा ४ गोडाई उपयुक्त हुन्छ। गोडाईको लागी conoweeder वा rotary weeder को प्रयोग गर्न सकीन्छ।

६. प्राङ्गारिक मल (organic culture)

स बिधिमा रसायनीक मललाई सक्दो कम गरी प्राङ्गारिक मलको प्रयोग गरीन्छ जसले स्वत: माटोको उर्वरा शक्ती बढाउँछ।

प्रतिक्रया दिनुहोस्