बर्दगोरिया गाउँपालिकाको भवन निर्माणमा गम्भीर लापरबाही, दुई नम्बरी इट्टा र कमसल काठ प्रयोग

रमेश बम,बौनिया । स्थानीय तहमा अरुलाई सुशासन, समृद्धि र विकासको सवालमा पैरवी गर्ने प्रमुख निकाएको भवन नै गुणस्तरहीन बन्दै गरेको सुन्दा तपाईहरु अचम्मै पर्नुहोला ? तर यो ध्रुबसत्य कुरा हो । कैलालीको बर्दगोरिया गाउँपालिकाको भवन निर्माणमा यही भएको छ ।

पालिकाको वडा नम्बर १ मा निर्माणाधीन भवनमा ठेकेदार कम्पनीको चरम लापरबाहीले भवन कछुवाको गतिमा अगाडि बढेको छ भने भवनमा कमसल (दुई नम्बरी) इट्टा प्रयोग गरिएको पाइएको छ । यतिमात्र नभैइ भवनको झ्याल ढोकाहरुमा गुणस्तरहीन मानिने जामुन, लिप्टीस, कुसुमको काठ प्रयोग गरिएको भेटिएको स्थानीय बताउछ्न ।

ठेक्का सम्झौता विपरीत निर्माण कम्पनीले रंग रोगन गरि कम गुणस्तरको काठ प्रयोग गरिएको पाइएको स्वयम् पालिकाले समेत स्वीकार गरेको छ । जिम्मेवार निकायको भवन निर्माण मै यस्तो चरम लापरबाही र गुणस्तरहीन काम गरेको पाईएपछि स्थानीय समेत आक्रोशित बनेका छ्न । पालिकाले समेत त्रुटि सच्चाउन र कमसल सामाग्री तत्काल फेरबदल गर्न निर्माण कम्पनीलाई तीन पटक पत्राचार गरिसकेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन कार्की बताउछ्न ।

तर निर्माण कम्पनीले भने आफुखुसी काम अगाडि बढाउदै गएको छ भने भवनमा पलास्टरको कामसमेत थालिसकेको छ । कमसल सामाग्रीको प्रयोग र झ्याल ढोकामा प्रयोग गरिएको काठ मापदण्ड विपरीतको प्रयोग हुदा करोडौको लागतमा बन्दै गरेको पालिकाको भवन अस्थिपन्जर जस्तै देखिन थालेको छ ।

६ करोड १५ लाखको लागतमा १५ महिनामा भवन निर्माणको काम सक्ने भरी २०७६ सालमा श्याम सुन्दर निर्माण सेवा काठमाडौले ठेक्का सम्झौता गरेको थियो । तर समयमै काम गर्न नसक्दा पालिकासित निर्माण कम्पनीले दुई पटक सम्झौता थप गरेको थियो ।

यधपी निर्माण कार्य समयमै पूरा नगर्ने कम्पनीलाई दुई दुई पटक म्याद थप हुनु प्राविधिक हिसाबले ठिक भएपनी मापदण्ड र गुणस्तरहीन काम गरेको पाउँदा पाउदै कारबाही प्रक्रिया अगाडि बढाउन नसक्नु पालिका स्वयमकै गम्भीर लापरबाही मात्रै देखिदैन भित्रभित्र अनियमितताको गन्धसमेत मौलाएको स्थानीय बताउछ्न ।

स्थानीय तहको सबैभन्दा ठुलो जिम्मेवार निकाएको रुपमा रहेको पालिकाको भवन निर्माणमै यति ठूलो ठुलो लापरबाही हुदासमेत पालिकाले कुनै कदम नचाल्नुलाई संकाको दृष्टिले समेत हेर्न सकिने बाताबरण थप बलियो छ । आफ्नै दक्ष प्राविधिक ,इन्जिनियर र योजना अनुगमन तथा मुल्यांकन समिती भएको पालिकाले भवन निर्माण बारे स्थलगत रूपमा हालसम्म के कती काम गर्यो भन्नेकुरा भवन निर्माणमा देखिएको लापरबाहीबाटै स्पस्ट देखिन्छ ।

 

 

प्रतिक्रया दिनुहोस्