कोहलपुरकी समाजसेवी खातुनले गरिन कोहलपुर ग्यालरीलाई आर्थिक सहयोग

कोहलपुर। बाँकेको कोहलपुर-२ प्रेमनगरमा बस्दै आएकी समाजसेवी नाजुमा खातुनले कोहलपुर ग्यालरीलाई आर्थिक सहयोग गरेकी छन्।

उनले नगद पाँच हजार पाँच सय ५५ रुपैयाँ ग्यालरीका अध्यक्ष सरोज राज शाहीलाई हस्तान्तरण गरेकी हुन्। आफुले दिन दुखि, विपन्न र असायका लागि सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताएकी छन्।

उनी भन्छिन्, ‘विषम परिस्थिति र दु:खकष्ट आइपर्दा सहयोगको हात बढाउनुपर्छ भन्ने भावनाले यो काम गरेकी हुँ। सेवा नै धर्म हो। मलाई बुबाले यस्तै सिकाउनुभएको थियो, तिमी अरूलाई सहयोग गर, ईश्वरले तिमीलाई हेर्छन्।’

कोहलपुर ग्यालरीले अस्ट्रेलियामा बस्दै आएका समाजसेवी युवाहरुको सहयोगमा विगत देखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ र स्वतस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका बर्ग एवं समुदायसम्म पुगि राहत स्वरुप खाद्यन्न सामाग्रीहरु तथा विपन्न परिवारलाई राहत वितरण गर्दै आएको अध्यक्ष शाहीले जानकारी दिए।

ग्यालरीले अक्सिमिटर बैंक खोली अक्सिमिटर सरल र सहज तरिकाले निशुल्क वितरण गर्दै आएको र कोहलपुरमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई सेनिटाइजर, पानी र खाजा वितरण गर्दै आएको छ।

उक्त सह्रानिय कार्यका लागि कोहलपुर ग्यालरीले नाजुमा खातुनलाई सम्मान र आभार प्रकट गरेको छ। आवश्यक साथ, सहयोग र सहकार्यका लागि सम्पूर्ण युवाहरूलाई ग्यालरीले अनुरोध समेत गरेको छ।

प्रतिक्रया दिनुहोस्