देशभर मौसम बदली, केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुन प्रवेश गरेसँगै देशभर मौसम बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि सामान्य  बदली भई केही स्थानमा वर्षा भइरहेको छ।

देशको पूर्वी र मध्य भू–भागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर मौसम बदली रहनेछ। धेरै  स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।

साँझ पनि देशभर मौसम बदली रहनेछ। देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ ,गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। भीषण वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 

प्रतिक्रया दिनुहोस्