14 October 2019  |   सोमवार, अशोज २७, २०७६

Author: Himalitimes

आज महानवमी,शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिदै

आज महानवमी,शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिदै

    प्रकाशित मितिः सोमवार, अशोज २०, २०७६       |
काठमाडौ । आज नवरात्रीको नवौं दिन । देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरि मनाईंदै छ । महानवमीको दिन घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगि चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेले भने आज कुभिण्डो, घिरौंला, मूला
हामी नेपाली हौ,नेपाल हाम्रो हो र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो :पुर्वराजा शाह

हामी नेपाली हौ,नेपाल हाम्रो हो र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो :पुर्वराजा शाह

    प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६       |
काठमाडौ । पुर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन सम्पुर्ण नेपाली जनतामा आव्हान गरेका छ्न । नेपालीहरुको महान पर्व बडा दशैको अबसरमा शुभकामना शन्देश व्यक्त गर्दै पुर्वराजा शाहले आफ्ना स्वार्थपूर्तिका हरेक कुराहरु भुलेर राष्ट्रिय एकतामा बाधिन आग्रह गरेका हुन । उनले पू्र्खाहरुको निकै त्याग,तपस्या र बलिदान बाट बनेको मुलुकको रक्षाका निम्ति सबै नेपालीहरुबीचको
सर्वाधिक पुरस्कार राशीको जेटी कप क्रीकेट प्रतियोगिताको पाँचौ संस्करण कार्तिकमा

सर्वाधिक पुरस्कार राशीको जेटी कप क्रीकेट प्रतियोगिताको पाँचौ संस्करण कार्तिकमा

    प्रकाशित मितिः शुक्रबार, अशोज १७, २०७६       |
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जगत तारा ईङ्गलिस बोर्डिङ्ग स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको जे.टी. कपको पाँचौ संस्करण आगामी कार्तिक महिनामा हुने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराएको हो । कार्तिक २० गतेदेखि मंसिर ७ गतेसम्म मुडा बजारको खेल मैदानमा हुने प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका गरी १८ टीमको सहभागीता रहने भएको छ ।
नवरात्रीको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिदैं

नवरात्रीको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिदैं

    प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६       |
काठमाडौं। बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा
दशैं अनि परदेशीहरुको सपना – माधव न्यौपाने

दशैं अनि परदेशीहरुको सपना – माधव न्यौपाने

    प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६       |
असाेजकाे महिना बिहानकाे उज्यालोमा विमानकाे झ्यालबाट देखिने काठमाडौकाे दृश्यले मन कस्ताे कस्ताे बनायो। आखाँका कुनाहरु खुशीले सर्जल भएँ । स्वदेश आईपुगेछु मन ढुक्क भयाे । खुशीले एयरपोर्टमा ट्याक्सी गुरुजीकाे तछाडमछाडकाे पनि कुनै वास्ता नगरी ट्याक्सीमा बसेँ । ट्याक्सी गुड्न थाल्याे विभिन्न किसिमका हर्नहरुले मेरा कानलाई राेजे । धुलाका बादलहरुले आखाँलाई । खाल्डाखुल्डीहरुले गाडी घाेडाकाे सम्झना गराया
पुर्वराजा ज्ञानेन्द्र शाहले यसबर्ष पनि सर्वसाधारण नागरिकलाई दशैको टीका लगाईदिने

पुर्वराजा ज्ञानेन्द्र शाहले यसबर्ष पनि सर्वसाधारण नागरिकलाई दशैको टीका लगाईदिने

    प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६       |
काठमाडौ । हिन्दु नेपालीको महान पर्व बडा दशैको अबसरमा पुर्वराजा ज्ञानेन्द्र शाहले उपत्यकाका विभिन्न धार्मिक शक्ति पीठमा पुजाआजा गर्ने भएका छन । पछिल्लो समय शाहले विभिन्न स्थानमा रहेका धार्मिक शक्ति पीठमा आफ्नो व्यक्तिगत भ्रमण र पुजापाठलाई निरंतरता दिदै आएका छ्न । यसैक्रममा शाहले बिजया दशमीको अबसरपारी महाअष्टमीका दिन काठमाडौ उपत्यकाभित्र रहेका विभिन्न मठ मन्दिरमा पुजाआजा गर्ने तयारीमा छ्न । शाहले न
विश्व अहिंसा दिवशका अबसरमा सुर्खेतमा सचेतनामुलक कार्यक्रम (तस्बिरमा हेर्नुहोस)

विश्व अहिंसा दिवशका अबसरमा सुर्खेतमा सचेतनामुलक कार्यक्रम (तस्बिरमा हेर्नुहोस)

    प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६       |
वीरेन्द्रनगर । विश्व अहिंसा दिवशका अबसरमा सुर्खेतको वीरेन्द्रनगरमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । "अहिंसा परमो धर्म" भन्ने मुल नाराका साथ यहाँका स्वतन्त्र नागरिक समाजको आयोजनामा कार्यक्रम गरिएको हो । एउटा हिंसारहित समाजको परिकल्पना गर्दै विस्व अहिंसा दिवस र विस्वमै अहिंसाका लागि विश्वसमाजले मानेका भारतिय नेता माहात्मा गान्धीको जन्मजयन्तीको अवसरमा जनचेतनामूलक कार्यक्रम गरिएको हो। हरेक मानव मस्त
बलात्कार काण्डामा मुछिएका सभामुख महराको राजीनामा स्वीकृत

बलात्कार काण्डामा मुछिएका सभामुख महराको राजीनामा स्वीकृत

    प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६       |
काठमाडौं । बलात्कार काण्डमा मुछिएपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ ।यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका थिए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् । यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख र
करेन्ट लागेर बर्दगोरियामा एक युवकको मृत्यु

करेन्ट लागेर बर्दगोरियामा एक युवकको मृत्यु

    प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६       |
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्वर ३ मा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । प्रहरीकाअनुसार सुर्खेतको चौकुने गाउँपालिका वडा न्ं २ निबासी चन्द्रवहादुर गुरुङका छोरा बलवहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो। उनी यहाँ आफन्तको घरमा बसि अद्ययन गर्दै आएका थिए । उनी बौनियामा रहेको नोबेल स्कुलकका विद्यार्थी हुन । गुरुङको हिजो दिउँसो घर नजिक रहेको आपको हाङगा काट्ने क्रममा विद्युतको लाई
पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधनप्रति पुर्वराजा शाहद्वारा दु:ख व्यक्त

पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधनप्रति पुर्वराजा शाहद्वारा दु:ख व्यक्त

    प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६       |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले स्वर्गिय पुर्व प्रधानन्यायाधीस उपाध्यायको आत्माको चीर शान्तिको कामना गरेका छन । साथै पुर्वराजा शाहले शोक सन्तप्त परिवारमा समवेदन समेत प्रकट गरेको उनका निजी सहयोगी फणिराज पाठकले जनाए । उपाध्यायको ८२ वर्षको उमेरमा शुक्रबार राती निधन भएको थियो । क्यान्सरको लास्ट स्टेजमा रहे