31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

देश

फेसबुक पूर्णरुपमा बन्द गर्ने भन्दै फैलाएको भ्रमप्रति सञ्चार मन्त्रालयको गम्भीर ध्यानाकर्षण (बिज्ञप्ती सहित )

फेसबुक पूर्णरुपमा बन्द गर्ने भन्दै फैलाएको भ्रमप्रति सञ्चार मन्त्रालयको गम्भीर ध्यानाकर्षण (बिज्ञप्ती सहित )

    प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०७४       |
काठमाडौ,३० चैत - सूचना तथा सञ्चार मन्त्रालयले नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्णरुपमा बन्द गर्ने भन्दै आफ्नो नाम जोडेर सार्वजनिक गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखेर फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्णरुपमा बन्द गर
बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको प्रचण्डको स्वीकारोक्ति ।

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको प्रचण्डको स्वीकारोक्ति ।

    प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०७४       |
चितवन, ३० चैत- नेकपा (माओवादी केन्द्र्) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोराउनु भएको छ । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताउनुभयो । उहाले अहिले बलियो सरकार भएको भन्दै उहाँले राज्यका तर्फबाट हिजो
प्रधानमन्त्री ओलीको चीन भ्रमणको गृहकार्य सुरु, किन जादैछ्न ओली चीन ?

प्रधानमन्त्री ओलीको चीन भ्रमणको गृहकार्य सुरु, किन जादैछ्न ओली चीन ?

    प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०७४       |
काठमाडौं, ३० चैत- भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै अर्को छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छ्न । प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि सरकारले गृहकार्य अघि बढाईसकेको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको आगामी सोमबार चीन जाने तयारी छ । दुवै मुलुकबीच विगत
देशभरका तिनसय बढी यातायात समितिहरु खारेज हुँदै, यस्तो छ सरकारको तयारी ।

देशभरका तिनसय बढी यातायात समितिहरु खारेज हुँदै, यस्तो छ सरकारको तयारी ।

    प्रकाशित मितिः बिहिबार, चैत्र २९, २०७४       |
काठमाडौं,२९ चैत – संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको  छ । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि देशभरका जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन । सरकारको कदमबाट ३ सय ५ यातायात सेवा समिति खारेज हु
जिल्लास्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजदेखी खारेज (नामावली सहित )

जिल्लास्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजदेखी खारेज (नामावली सहित )

    प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४       |
काठमाडौं, २८ चैत -स्थानीय तहको कार्यान्वयनसँगै  जिल्लास्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजबाट खारेज भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि यी कार्यालयहरु खारेज भएका हुन । तर शान्ति सुरक्षा कायम राख्ने निकाय तथा राहदानी, नागरिता बनाउने र न्याय सम्पादन गर्ने निकाय भने संघ मातहत जिल्लामै रहने छ्न । अब संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकार सम्पन्न
धार्मिक गुरु श्रीनिवासमाथी गोली प्रहार घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विशाल प्रदर्शन ।

धार्मिक गुरु श्रीनिवासमाथी गोली प्रहार घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विशाल प्रदर्शन ।

    प्रकाशित मितिः मङ्लबार, चैत्र २७, २०७४       |
काठमाडौँ, २७ चैत - हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहार घटनामा संलग्नको खोजी गरि कडा कारबाहीको माग गर्दै राजधानीमा पर्दशन भएको छ । विभिन्न संघ संस्था तथा नागरिक समाजले आज साँझ माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन । योगी नरहरिनाथ आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दू महासंघ, श्रीमद्भागवत तथा गौ–संरक्षण केन्द्र, हिन्दू जागरण नेपाललगायत संस्थाले गत शन
नेपाल प्रहरीको २६ औ आइजिपीमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र ।

नेपाल प्रहरीको २६ औ आइजिपीमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र ।

    प्रकाशित मितिः मङ्लबार, चैत्र २७, २०७४       |
काठमाडौं, २७ चैत– मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी)मा डिआईजी सर्वेन्द्र खनाललाई बढुवा (नियुक्त) गरेको छ । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले खनलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो । नयाँ आइजिपी छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल सहितको बैठक बसेको थियो।
कार्यालय छेउमै सेवाग्राहीसित ५ लाख घुसलिने हाकिमसाव अख्तियारको फन्दामा

कार्यालय छेउमै सेवाग्राहीसित ५ लाख घुसलिने हाकिमसाव अख्तियारको फन्दामा

    प्रकाशित मितिः सोमवार, चैत्र २६, २०७४       |
काठमाडौं, २६ चैत– काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत  लिला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार राति ८ बजे उनिहरुलाई रंगेहात पक्राउ गरेको हो । नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय छेउमै सडकमा गाडीसहित प्रशासकीय अधिकृत अधिकारी र इन्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियार दुरुपयो
पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान ।

पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान ।

    प्रकाशित मितिः सोमवार, चैत्र २६, २०७४       |
काठमाडौं, २६ चैत– काठमाडौं जिल्ला प्रशासन कार्यालयले गुण्डा नाइके तथा नेपाली कांग्रेसका ‘नेता’ गणेश लामालाई सोमवार पुर्पक्षका लागि जेल पठाएको हो ।  हातहतियार तथा खरखजना मुद्दाअन्तर्गत लामालाई पुर्पक्षका लागि जेल चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । लामा गत फागुन ३० गते काठमाडौंको गौशालाबाट चाइनिज पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित
सात बुँदे मागसहित जनजाती महासंघ आन्दोलित, माग पूरा नभए बबाल मच्चाउने चेतावनी ।

सात बुँदे मागसहित जनजाती महासंघ आन्दोलित, माग पूरा नभए बबाल मच्चाउने चेतावनी ।

    प्रकाशित मितिः सोमवार, चैत्र २६, २०७४       |
काठमाडौँ, २६ चैत - नेपाल आदिवासी जनजाति महासंघले राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि विभिन्न ७ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको हो । सरकारले सार्वजनिक विदा कटौती गरेर देशका ३५ प्रतिशत भन्दा बढी आदिवासी जनजातिको अपमान गरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । रुपमा सरकारले आदिवासी जनजाति समुदायको चार्ड पर्वमा सार्वजनिक विदा कटौती नियोजित रूपमा गरेको आर