1 April 2020  |   बुधबार, चैत्र १९, २०७६

देश

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित ।

    प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४       |
काठमाडौ, २२ असोज । व्यवस्थापिका–संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आज पारित भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्
जवराको दाबी: आगामी चुनावमा प्रजातान्त्रिक गठबन्धनकै बहुमत आउँछ ।

जवराको दाबी: आगामी चुनावमा प्रजातान्त्रिक गठबन्धनकै बहुमत आउँछ ।

    प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४       |
काठमाडौ, २१ असोज । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराले ६ दलीय बृहत्त लोकतान्त्रिक गठबन्धन एक भएर जाने स्पष्ट पार्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले वाम गठबन्धन निर्माण भएकोले आफूहरुले पनि लोकतान्त्रिक गठबन्धन बनाएको स्पष्ट पार्नुभयो । उहाले गठबन्धनमा आवद्ध ६ वटै दलहरु बेग्लाबेग्लै विचारधारा बोक्ने दल भएकोले कस
घरायसी बिबादका कारण पाल्पामा एक बृद्धको हत्या ।

घरायसी बिबादका कारण पाल्पामा एक बृद्धको हत्या ।

    प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४       |
पाल्पा, २१ असोज । पाल्पामा एक बृद्धको हत्या भएको छ । घरायसी विवादमा माथागढी गाउँपालिका–६ का मानबहादुर ढेगा मगरले आफ्नै दाइ ६४ वर्षका लेखबहादुर ढेगा मगर को हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अभियुक्त मान बहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मानबहादुरले काठको चिर्पटले हानेर दाइ लेखबहादुरको हत्या गरेका हुन् । (उज्यालो)  
छोरी जिताउन काङ्ग्रेस रोजेका प्रचण्डले आफू जित्नको लागि एमाले रोजे : धनराज वास्तविक ।

छोरी जिताउन काङ्ग्रेस रोजेका प्रचण्डले आफू जित्नको लागि एमाले रोजे : धनराज वास्तविक ।

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
समाचार विश्लेषण: वाम एकताको नाममा अहिले राजनीति कोर्स परिवर्तन भएको छ । माओवादी केन्द्रले एमालेसँग चुनावी तालिम पछि पार्टी एकीकृत गर्ने बताई सकेको छ । राजनीतिमा ईमान्दारिताको आवश्यक छ भन्ने केन्द्रका अध्यक्ष प्रचण्ड फेरि अर्को पटक नराम्रो सङ्ग चुकेका छन ।स्थानीय निर्वाचनमा काङ्ग्रेस सङ्ग घाटि जोडेर चितवन महानगरमा छोरी रेणु दाहाललाई जिताउन सफल भएको धेरै भएको छैन । एमाले रोज्नुको कारण !
अन्ततः निवर्तमान डीआइजी नवराज सिलवाल र गायक सञ्जय श्रेष्ठ एमालेमा प्रवेश गरे ।

अन्ततः निवर्तमान डीआइजी नवराज सिलवाल र गायक सञ्जय श्रेष्ठ एमालेमा प्रवेश गरे ।

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
काठमाडौं, २० असोज । नेपाल प्रहरीका निवर्तमान डीआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । काठमाडौंको बुद्धनगरमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई पार्टी प्रवेश गराएका हुन् । प्रहरी महानिरीक्षक हुने रोलक्रममा रहेका सिलवाल महानिरीक्षक हुन नपाएपछि सर्वोच्च अदालत गएका थिए । अदालतबाट पनि आफ्नो पक्षमा फैसला नभएपछि सिलवालले पदबाट राजीनामा दिएका थिए । एमाले प्रवेश ग
जुम्लीलाई गास पश्चिमका युवाको अभियान, पाँच सयले पाँच दिन ।

जुम्लीलाई गास पश्चिमका युवाको अभियान, पाँच सयले पाँच दिन ।

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
बिनोद देवकोटा बौनिया, २० असोज । कर्णालीमा प्राय खाद्यान्न अभाव भइरहन्छ । राज्यले प्रत्येक बर्ष खाद्य संस्थान मार्फत खाद्यान्न आपुर्ती गर्दै आएको भएपनी त्यहाका बासीन्दालाई खाद्यान्नको उचित व्यवस्था गर्न नसक्दा यो वर्ष पनी अभाव चुलिएको हो । राज्यले वेवास्ता गरेकोप्रति असन्तुष्ट भएर मात्र समस्या समाधान नहुने भन्दै कैलालीका युवाहरुले हुम्लाबासीको भोक मेटाउने अभियान सुरु गरेका छन् । सामाजिक सेवामा
गृहमन्त्री शर्माद्वारा खुलासा: नेकपा माओवादीले २०६४ सालमै एमालेसँग एकता गर्ने प्रस्ताव पारित गरेको हो ।

गृहमन्त्री शर्माद्वारा खुलासा: नेकपा माओवादीले २०६४ सालमै एमालेसँग एकता गर्ने प्रस्ताव पारित गरेको हो ।

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
रुकुम, १९ असोज । गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा (माओवादी)को २०६४ सालको काभ्रेको फूलबारी बैठकमा एमालेसँग एकता गर्ने प्रस्ताव पारित गरेको खुलासा गरेका छन्। रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि सुरुवात हुनाले देश विकास र प्रगतिको बाटामा अगाडि बढेको उनले बताएका हुन ।
पुनर्निर्माण प्राधिकरणका सिइओलाई प्यूठान छोड्न निर्वाचन आयोगले दियो निर्देशन ।

पुनर्निर्माण प्राधिकरणका सिइओलाई प्यूठान छोड्न निर्वाचन आयोगले दियो निर्देशन ।

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं, १९ असोज । निर्वाचन आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छोड्न निर्देशन दिएको छ । पोखरेल प्यूठान जिल्लाका विभिन्न स्थानहरुमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा पोखरेललाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्य
३३ दलीय मोर्चा पनि वाम एकतामा, हँसिया–हथौडामा निर्वाचन लड्ने निर्णय ।

३३ दलीय मोर्चा पनि वाम एकतामा, हँसिया–हथौडामा निर्वाचन लड्ने निर्णय ।

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं, १९ असोज । साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न हँसिया–हथौडामा आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णय भएपछि मोर्चाका तर्फबाट बिहीबार सो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिकारुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला प
डा गोविन्द केसी आजदेखि पुनः आमरण अनशन बस्दै ।

डा गोविन्द केसी आजदेखि पुनः आमरण अनशन बस्दै ।

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौ, १९ असोज । चिकित्सा शिक्षा क्षेत्र सुधारको मागगर्दै पटकपटक अनशन बस्दै आएका डा गोविन्द केसीले आजदेखि पुनः आमरण अनशन बस्ने भएका छ्न । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर  ऐन जारी गर्न लागिएको भन्दै डा  केसीले थालेको १२ औं अनशन हो । यसअघि चाडबाड सुरु भएका कारण दशैंअघि उनले अनसन स्थगित गरेका थिए । डा केसिले आज पुन दिउँसो साढे ४ बजेदेखि अनसन बस्ने जनाएका छन्। उनले प