28 March 2020  |   शनिबार, चैत्र १५, २०७६

मोफसल

तनहुँमा कैदीबन्दीलाई भेट्नलाई रोक लगाइयो !

तनहुँमा कैदीबन्दीलाई भेट्नलाई रोक लगाइयो !

    प्रकाशित मितिः सोमवार, चैत्र १०, २०७६       |
तनहुँ । जिल्ला कारागार तनहुँले कैदीबन्दी भेट्नलाई रोक लगाएको छ ।कोरोना भाइरसको त्रासका कारण कैदीलाई भेट्न आउने आफन्त तथा शुभेच्छुकलाई रोक लगाइएको कारागारले जनाएको छ । सरकारले भिडभाड हुने ठाउँमा २५ जना भन्दा बढी जम्मा नहुन आग्रह गरेको छ । जिल्ला कारागारमा पनि धेरै संख्यामा मानिसहरु आउने भएकाले भेटघाटमा रोक लगाइएको कारागारका निमित्त प्र्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । अत्यावश्यक ब
घोडाघोडीमा माछा पोखरीमा डुबेर एक बालिकाको मृत्य

घोडाघोडीमा माछा पोखरीमा डुबेर एक बालिकाको मृत्य

    प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६       |
कैलाली । कैलालीमा माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१ बेलकोटमा आईतबार दिउँसो घर नजिकैको माछा पोखरीमा डुबेर मिम बहादुर शाहीकी ३ बर्षिया छोरी एलिशा शाही रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरि शरण भट्टले जानकारी दिए । शवलाई पोस्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कोरोनाबारे घोडाघोडीमा सचेतना अभियान सुरु,राज्य संयन्त्रदेखि सामाजिक संस्था सक्रिय

कोरोनाबारे घोडाघोडीमा सचेतना अभियान सुरु,राज्य संयन्त्रदेखि सामाजिक संस्था सक्रिय

    प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६       |
इन्दु केसी,सुखड । विश्वभरी भयावह रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस बारे कैैैलालीको घोडाघोडीमा सचेतना अभियान सुरु भएको छ । घोडाघोडी नगरपालिकास्थित घोडाघोडी अस्पतालले अस्पतालमा प्रबेश गर्नुपुर्ब साबुन पानिले हात धुनु पर्ने ब्यवस्था गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि अस्पतालले जनहितमा जारी सन्देशको ब्यानरसहित साबुन पानिले हात धुनुपर्ने ब्यवस्था गरेको घोडाघोडी अस्पतालका अध्यक्ष विश्णु प्रसाद सापक
कैलालीको गोदावरीमा विस्फोटमा परि १ जनाको मृत्यु

कैलालीको गोदावरीमा विस्फोटमा परि १ जनाको मृत्यु

    प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६       |
अत्तरिया,कैलाली । कैलालीको गोदावरीमा विस्फोट हुँदा १ को ज्यान गएको छ ।आइतबार गोदावरी नगरपालिका वडा नम्बर चार फूलबस्तीमा पित्तल जस्तो देखिने वस्तु विस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार जंगलमा भेटिएको उक्त वस्तु आगोमा तताउँदा पड्किएर बिकको ज्यान गएको हो । अहिले यस विषयमा प्रहरीले अनुसन्धान गरि
कोरोना सन्त्रास बौनियामा कृषि हाटबजार बन्द

कोरोना सन्त्रास बौनियामा कृषि हाटबजार बन्द

    प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६       |
बौनिया ,कैलाली । यहाँको बर्दगोरिया गाउँपालिका स्थित  बौनिया बजारमा रहेको हाट बजार बन्द भएको छ । विस्वव्यापी संक्रमणमा रहेको कोरोना भाइरसका कारण बर्दगोरिया कृषि हाट बजार बन्द हुन पुगेको हो ।
घोडाघोडी नगरपालिकाले १३ शैयाको आइसोलेसन वार्ड संचालन गर्दै,आइतबारदेखि संचालनमा आउने

घोडाघोडी नगरपालिकाले १३ शैयाको आइसोलेसन वार्ड संचालन गर्दै,आइतबारदेखि संचालनमा आउने

    प्रकाशित मितिः आइतवार, चैत्र ९, २०७६       |
सुखड,कैलाली । विस्व आक्रान्त पारेको कोरोना भाइरस  संक्रमण रोकथामका लागि घोडाघोडी नगरपालिकाले १३ शैयाको आइसोलेसन वार्ड संचालन गर्ने भएको छ । शनिबार बसेको नगरपालिकाको आकस्मिक बैठकले आइतबार साँझबाटै सञ्चालनमा ल्याउने गरी आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको हो । नेपाल -भारत खुल्ला सीमानाका कारण आवतजावत गर्नेको सङ्ख्यालाई हेरि कोरोना भाइरस संकरमणको हिसाबले घोडाघोडी पनि जोखिममा रहेको भन्दै आइसोलेसन
आहा ! एकपटक पुग्नैपर्ने घोडाघोडी स्थित ओजुवा ताल (तस्बिरमा हेर्नुहोस)

आहा ! एकपटक पुग्नैपर्ने घोडाघोडी स्थित ओजुवा ताल (तस्बिरमा हेर्नुहोस)

    प्रकाशित मितिः शनिबार, चैत्र ८, २०७६       |
सुखड ,कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी क्षेत्रमा अबस्थित ओजुवा ताल आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको छ । पर्यटन प्रवद्र्धनमा निजि  संगै स्थानीय तहको लगानी थपिएपछि यहाँ पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ । घोडाघोडी क्षेत्रमा रहेको ओजुवा तालमा गत फागुन २९ गते देखि डुङ्गा सञ्चालनमा आएपछि दिनुहुँजसो आन्तरिक पर्यटक पुग्ने गरेका छन् । ओजुवा ताल मुख्य प्रवेशद्वार 
कोरोना संक्रमण:सुदुरपश्चिमको प्रवेशद्वार चिसापानीमा चिकित्सकसहितको हेल्थ डेक्स संचालन

कोरोना संक्रमण:सुदुरपश्चिमको प्रवेशद्वार चिसापानीमा चिकित्सकसहितको हेल्थ डेक्स संचालन

    प्रकाशित मितिः आइतवार, चैत्र २, २०७६       |
  (कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै सुदुरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको कैलालीको चिसापानीमा संचालित चिकित्सकसहितको हेल्थ डेक्स ,जहाँ जिल्ला भित्रिने सबै यात्रुको स्वास्थजाँच गरिन्छ ।)
सालको गोलिया सहित ४ जना पक्राउ

सालको गोलिया सहित ४ जना पक्राउ

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६       |
इन्दु केसी,सुखड । कैलालीको घोडाघोडी नगरपालिका बाट अबैध सालको गोलियासहित ४ जना पक्राउ परेका छन । डिभिजन वन कार्यालय पहलमानपुर र सब डिभिजन बन कार्यालय सुखडको संयुक्त गस्ती टोलिले घोडाघोडी नगरपालिका वडा न ११ का  गंगा राम बुढाको गोठमा लुकाइ राखेको अवस्थामा अबैध काठ बरामत गरेको हो । टोलिले विशेष सुराकिका आधारमा ७६.०५ क्यु फिटका १२ ओटा सालका गोलियासहित घोडाघोडी नगरपालिका वडा न ११ सिसैयाका प्रकाश बुढा,य
आइतबारदेखि धनगढीमा रहेका सबै माध्यमिक तहसम्मका शैक्षिक संस्था बन्द हुने,परिक्षा समेत अनिश्चित

आइतबारदेखि धनगढीमा रहेका सबै माध्यमिक तहसम्मका शैक्षिक संस्था बन्द हुने,परिक्षा समेत अनिश्चित

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६       |
कैलाली । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै यहाँको धनगढी उपमहानगपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गइरहेको भन्दै त्यसबाट जोगिनका लागि उपमहानगपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उपमहानगरपालिकाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबारदेखि नगर क्षेत्रका सबै माध्यमिक तहसम्मका शैक्षिक संस्थाहरू बन्द निर्णय गरेको